२७ चैत, काठमाडौं ।
भारतले नेपालको सगरमाथा हुँदै रेलवे निर्माण गर्ने प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ । भारतको नेपालमाथि रहेको ब्यापारिक एकाधिकारमाथि चीनले धावा बोल्न लागेको विश्लेषण गर्दै मिडियाले यो समाचारलाई विभिन्न ढंगले हेडलाइन बनाएका छन् ।
चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेपछि भारतमा भने रडाको मच्चिएको हो ।
नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा प्रकाशित गरेको थियो । नौ महिनाअघि चीनको सिगात्से ल्याइपु:याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
तिब्बतको रेलवे सेवासँग नेपालको सीमानामा पर्ने ल्हासा र अन्य सहर यस अघि नै जोडिइसकेका छन् ।
उता भारतमा भने सञ्चार मध्यमले नेपालको सगरमाथा भन्दा मुनीपट्टी सुरुङ खन्न लागिएको भन्दै हंगामा मच्चाएका छन् । चीनको कदमले भारत र नेपालको ब्यापारिक सम्बन्धमा असर पर्ने भारतीय सञ्चार माध्यमको विश्लेषण छ ।
भारतका लागि खतराको घण्टीः चीन नेपालमा रेल सेवा विस्तार गर्ने योजनामा
शीर्षकमा टाइम्स अफ इण्डिया लेख्छःयो रेलमार्ग बनाउनुको कारण नेपालमा चीनको भूमिका विस्तार गर्न र तिब्बती धर्म गुरु दलाई लामालाई तिब्बतीले नभेटुन्
भन्ने रहेको समेत दावी गरेको छ ।
कतिपय सञ्चार माध्यमले यसलाई नेपालमा चीनको हस्तक्षेप बढाउने र भारतलाई कमजोर बनाउने षडयन्त्रकोरुपमा समेत अर्थ्याएका छन् ।
भारतीय मिडियामा चीनका राष्ट्रपति नेपाल आउन लागेको भन्ने चर्चा पनि राम्रैसँग गरिएको छ ।
No comments:
Post a Comment
Dear All, Please send your Updated CV....at ......
baj.nepal@gmail.com