""BEST ABROAD JOBS PRESENTS VARIOUS PUBLISHED JOBS"" ""VISIT US FOR DAILY UPDATE OF ABROAD JOBS""

Friday, March 20, 2015

५८ वर्षको उमेरमा एसएलसी दिदै मोहन वैद्यकी पत्नी

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) की पत्नी सुष्मा वैद्य विहिबारदेखि शुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन् । ५२ वर्षको उमेरमा नयाँ वसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर उनले औपचारिक शिक्षाको शुरुवात गरेकी थिइन् । विद्यालय भर्ना भएर पढ्न शुरु गरेको ६ वर्षमै उनी एसएलसी दिन सक्षम भएकी हुन् । उनी अहिले ५८ वर्ष पुगेकी छन् ।










विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाइ पढाउन यो विद्यालय खोलिएको हो । यो विद्यालय भर्ना हुनुअघि सुस्मा सामान्य लेखपढ मात्र गर्न सक्थिन् । ‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि स्कुलमा भर्ना भएकी थिइनँ, नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खट्टयाउन सक्ने भएकी थिएँ’ उनले बुधबार अन्नपूर्णसँग भनिन्, ‘स्कुलमा नियमित पढ्न थालेपछि त मेहेनत गरियो भने गर्न नसक्ने केहि पनि छैन रहेछ भन्ने आत्मविश्वास जागेको छ ।’
उनी शुरुमा उक्त विद्यालयमा कक्षा एकमा भर्ना भएकी थिइन् । त्यसपछि सिकाइ स्तर बढ्दै गएपछि सोही वर्ष कक्षा एककै ए, बी,सी लगायतका विभिन्न तह पार गर्दै कक्षा चारसम्म पुगिन् । विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्टयाएर विभिन्न समूहमा वर्गीकरण गर्ने गर्छ। उत्कृष्ट विद्यार्थीलाई एकै वर्षमा तीन चार वटा कक्षासम्म चढाइन्छ ।
एक कक्षापछि चार, पाँच हुँदै कक्षा दशसम्मको पढाइ पुरा गरेपछि सुस्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन् । अहिलेसम्म प्राप्त सिकाई उपलब्धिलाई मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी ढुक्क छिन् । उनलाइ घरमा छोरी, ज्वाइ, श्रीमान तथा अन्य आफन्तले पनि पढाउन सहयोग गरिरहेको बिहीबारको अन्नपूर्ण पोस्टले समाचार प्रकाशन गरेको छ ।
‘तीनवटी छोरीहरुले स्नातकोत्तर पढिरहेका छन् । अहिले म भने परिवारकै सबैभन्दा कान्छो सदस्य बनेर एसएलसी दिन लागेकी छु’ वैद्यले ठट्टा गर्दै भनिन् । चक्रपथ डटकमबाट

No comments:

Post a Comment

Dear All, Please send your Updated CV....at ......
baj.nepal@gmail.com