लण्डन-बेलायतको राजमुकुटको रक्षाका लागि नेपालीले लड्न थालेको दुई सय वर्ष पुरा भइसक्यो । महारानीको मुलुकका लागि बगाएको रगत, पसिना र समर्पण गरेको जीवनकै बदलामा पाएको असमानता र विभेद्का बाबजुत पनि गोर्खालीको बहादुरी र इमान्दारिता कहिले डगमगाएन ।
दुई सताब्दी लामो यहि विश्वास र वीरताको जगमा आज हरेक नेपालीले विश्वसामु शीर उचो बनाएर हामी वीर गोर्खाली भन्ने हैसियत प्राप्त गरेका छन् । बेलायती सेनामा गोर्खाले बनाएको त्यहि गौरवशाली इतिहासका कारण अहिले बेलायतमा बस्ने झण्डै दुई लाख नेपालीले पनि आज ‘आई एम फ्रम नेपाल, डु यु नो गोर्खाज’ (म नेपालबाट आएको हो, तिमीलाई गोर्खाबारे थाहा छ नि) भनेर छाती फुलाउने अवसर पाएका छन् ।
बेलायत र बेलायतीमाझ नेपालीले कमाएको प्रतिष्ठा र विश्वास अब सेनामा मात्रै रहेन । पछिल्लो क्रममा बेलायती प्रहरी सेवामा समेत नेपालीहरुको उपस्थिती देखिन थालेको छ । विशेष गरी नयाँ पुस्ताका नेपाली तन्नेरीहरुमा बेलायती प्रहरीमा आकर्षण बन्दैं गइरहेको देखिन्छ ।
एक दर्जन नेपाली बेलायती प्रहरीमा
बेलायती प्रहरीमा कति नेपाली कार्यरत छन् भन्ने कुनै यकिन तथ्यांक त कसैले सार्वजनिक गरेको छैन् । तर, नेपालीपत्रले गरेको खोजका क्रममा अहिले झण्डै एक दर्जनको हाराहारीमा नेपालीहरु बेलायती प्रहरीमा सेवारत रहेको पाइएको छ ।
यो संख्या पिसी पुलिस कन्सटेबल र पिसीएसओ पुलिस कम्युनिटी सपोर्ट अफिसरका रुपमा पूर्णकालीन रुपमा प्रहरीमा जागिरेहरुको मात्र हो । पुलिस कन्सटेबल अफिसरका रुपमा काम गर्ने नेपालीहरु अहिलेसम्म आधा दर्जन मात्र छन् । बाँकी करिब आधा दर्जन पुलिस कम्युनिटी सपोर्ट अफिसर हुन् । उनीहरु बाहेक एससी स्पेसल कन्सटेबलका रुपमा हप्ताको १६ घण्टा स्वयंसेवक प्रहरी बनेर काम गर्ने केहि नेपालीहरु पनि छन् ।
मानिसहरुले सामान्य रुपमा पुलिस अफिसर भनेर चिन्ने अफिसरहरु नै पुलिस कन्सटेबल अफिसर हुन् । प्रहरीमा सबैभन्दा बढी पावर पनि यिनै खालका अफिसरसँग हुन्छ । कानुनको पालना गराउने, अपराधको अनुसन्धान गर्ने, अपराधीलाई कानुनको कठघारामा उभ्याउने र देशमा शान्ति सुरक्षाको अवस्था कायम गराउने जिम्मा उनीहरुको हुन्छ । यस्ता पुलिस अफिसर हुने नेपालीहरु अहिलेसम्म आधा दर्जन छन् ।
बेलायती प्रहरीमा प्रवेश गर्ने सबैभन्दा पहिलो नेपाली काजी शेर्पादेखि यहि वर्ष सेवा सुरु गर्ने पहिलो नेपाली महिला अफिसर पुष्पा सुनुवार पनि यहि वर्गकै अफिसरहरु हुन् । उनीहरुबाहेक सरेका प्रकाश तामाङ, समीर तामाङ, केन्टका सन्तोष घले र अल्डरसटका वसन्त लक्सम्बा पनि पिसी पुलिस कन्सटेबल अफिसरकै रुपमा कार्यरत छन् ।
पिसिएसओ पुलिस कम्युनिटी सपोर्ट अफिसरका रुपमा कार्यरत नेपालीहरु पनि बेलायतमा आधा दर्जनभन्दा केहि बढी मात्रै भएको बुझिएको छ । यो वर्गका अफिसरहरु स्थानीय प्रहरीबाट नियुक्त हुने र अरु सामान्य पुलिस अफिसरहरुका सहयोगीका रुपमा काममा खटिने गरेका छन् । प्रहरीकै बर्दीमा देखिने उनीहरु पुर्णकालीन जागिरे पनि हुन तर सामान्य पुलिस अफिसरको भन्दा उनीहरुसँग थोरै पावर हुने गर्छ ।
प्रहरीको पोशाकमा स्थानीय समुदायमा गस्तीमा हिड्ने र कुनै असामाजिक तथा अपाराधिक क्रियाकलापहरुको रिपोर्टिङ्ग गर्ने नै उनीहरुको मुख्य जिम्मेवारी हुन्छ । त्यसबाहेक स्थानीय जनताका जिज्ञासाहरुमा परामर्श दिने र अन्य पुलिस अफिसरहरुलाई सहयोग गर्ने उनीहरुको भूमिका हो ।
पुरुषहरुमात्र हैन्, नेपाली महिलाहरु प्नि शानका साथ बेलायती पुलिसका जागिरेका रुपमा काम गरिरहेका छन । अल्डरसटमा कार्यरत तृष्णा राई र दुर्गा थापा, फार्नब्रोकी निलम राई यसैका उदाहरण हुन् ।
अल्डरसटमा ओमेन्द्र गुरुङलगायतका अरु केही नेपालीहरु कम्युनिटी सपोर्ट अफिसरका रुपमा कार्यरत छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको त्यस क्षेत्रमा कार्यरत नेपाली प्रहरी अफिसरहरुले अन्य सामान्य कामका अलावा नेपालीहरुका लागि दोभाषेको रुपमा समेत सहयोग गर्ने गरेका छन् ।
उनीहरुमध्ये अधिकांश अफिसरहरु प्रहरीमा प्रवेश गर्नुअघि सन् २०१० मा स्थापना भएको नवयुवा भन्ने संगठनमा क्रियाशील थिए जसले बेलायतको नयाँ नेपाली पुस्तालाई कुलतमा लाग्नबाट बचाउनका लागि चेतनामुलक कार्यहरु गर्ने र उनीहरुलाई यहाँको समुदायमा समायोजन हुनका लागि उत्प्रेरित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कामहरु गर्दै आएको छ ।
स्वयंसेवकको रुपमा पनि कैयौं नेपालीहरुले बेलायती प्रहरीमा काम गरेको भेटिएको छ । लण्डनसहित नेपालीका बाक्लो बसोबास रहेका लण्डनबाहिरका क्षेत्रमा पनि स्वयंसेवक प्रहरी अफिसरका रुपमा उनीहरु खटिएका छन् । महिनाको १६ घण्टा काम गर्ने उनीहरुको सेवा पूर्ण रुपमा स्वयंसेवा हो । यसरी काम गर्ने नेपाली अफिसरहरुको संख्या यति नै छ भन्ने तथ्यांक उपलब्ध छैन । एससी स्पेसल कन्सटेबल भनिने उनीहरु सामान्य प्रहरी अफिसरकै पोशाक लगाउने र उनीहरुहरले गर्नेजस्तै काम गर्ने गर्छन् ।
यी हुन पहिलो नेपाली प्रहरी
बेलायती प्रहरीमा प्रवेश गर्ने पहिलो नेपाली काजी शेर्पा हुन् । शेर्पाले सन् २००३ मा पुलिस अफिसरका रुपमा बेलायतको प्रहरीमा सेवा सुरु गर्ने नेपालीको रेकर्ड बनाए । झण्डै चालिस हजार आवेदकहरुमध्ये २ सय ६३ जना छनोट हुँदा शेर्पा पनि छानिए । भर्ति भइसकेपछि ६ महिना लामो अफिसरको तालिमका दौरान पनि शेर्पाले आफूलाई अरुभन्दा अब्बल सावित गरे र च्याम्पियन पुलिस अफिसरको पुरस्कार नै पाए ।
शेर्पा अहिले बेलायतको सरेस्थित नर्थन डिभिजनको सिआइडीमा कार्यरत छन । सिआइडीको सेफ गार्डिङ्ग इन्भेस्टिगेसन युनिटमा सदस्य रहेका उनले घरायसी हिंसा, बालवालिका माथि हुने अपराधलगायतका क्षेत्रमा अफिसरका रुपमा काम गर्ने गर्छन् । शेर्पाको उमेर अहिले ५४ वर्ष छ ।
त्यस्तै यहाँको प्रहरीमा सामान्य पुलिस अफिसरका रुपमा प्रवेश गर्ने पहिलो महिला अफिसर भने पुष्पा सुनुवार हुन् । पुष्पाले यहि वर्षको सुरुमा पुलिस ‘कन्सटेबल अफिसर’को रुपमा सेवा सुरु गरेकी छन् ।

नेपालीलाई फाइदा
बेलायतको प्रहरी सेवामा नेपालीहरु पनि हुनु बेलायतको नेपाली समुदायका लागि आफैमा सुखद् विषय हो । अझ त्यसमाथि पनि यी नेपाली अफिसरहरु कार्यरत भएको क्षेत्रमा बसोबास गर्ने नेपालीहरु त यसबाट सिधैं लाभान्वित समेत भइरहेका छन् । विशेष गरी अंग्रेजी भाषाको समस्या झेलिरहेका नेपालीहरुलाई नेपाली भाषामै बोलेर प्रहरीको सेवा लिन पाउँदा निकै सजिलो हुने गरेको छ ।
अल्डरसट, सरे, बेजिङ्गस्टोकलगायतका क्षेत्रमा बसोबास गर्ने कयौं भूतपूर्व गोर्खाहरुले पनि नेपाली प्रहरी अफिसरका कारण राहत महसुस गर्न पाएका छन् । त्यसबाहेक प्रहरीमा कार्यरत नेपाली अफिसरहरुले कतिपय अवस्थामा विभिन्न कार्यक्रमहरु आयोजना गरेर समेत बेलायतको नेपाली समुदायलाई सहयोग गर्ने काम गरिरहेका छन् ।
त्यस्ता कार्यक्रमहरुमा उपस्थित हुने नेपालीहरुलाई यहाँको व्यवस्था, प्रहरीमा उजुरी गर्ने तरिका, चोरी तथा अपराध रोकथामका उपायलगायतमा पनि परामर्श दिने काम पनि नेपाली अफिसरहरुबाट भएका छन् ।

No comments:
Post a Comment
Dear All, Please send your Updated CV....at ......
baj.nepal@gmail.com